
काठमाडौँ , २७ असोज | निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हिजो बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
आयोगका अनुसार प्रतिनिधिसभाका लागि २,४१२ उम्मेदवार चुनावी मैदानमा उत्रने भएका छन् l ११९ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।
अब प्रतिनिधिसभातर्फ २ हजार ४१२ जनाको उम्मेदवारी कायम भएको छ । जसमा २ हजार १८७ जना पुरुष र २२५ जना महिला उम्मेदवार रहेका छन्।
यसका साथै प्रदेशसभातर्फ पनि राजनीतिक दल र स्वतन्त्रबाट २५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।३ हजार २२४ जनाको उम्मेदवारी कायम भएको छ । जसमा २ हजार ९४३ जना पुरुष र २८० जना महिला तथा एक जना अन्यको उम्मेदवारी रहेका छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे