
काठमाडौं ७ असोज । निर्वाचन आयोगले मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि कर्मचारी सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ ।निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै ६ असोजदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको ‘अनुमति नलिई कुनै पनि कर्मचारीलाई सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ ।
जथाभावी कर्मचारी सरुवा गर्दा समग्र निर्वाचन व्यवस्थापनमा प्रतिकूल प्रभाव पर्ने र सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुने विज्ञप्तिमा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे