
काठमाडौँ, १५ कार्तिक । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।
सोमबार नाबालिका बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध मुद्दा दायर गरिएको हो । दायर मुद्दामाथि आजदेखि थुनछेक बहस हुनेछ ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।
अनुसन्धानको क्रममा नाबालिकाले आफुमाथि भाद्र ५ गते लामिछानेले दुई पटक बलात्कार गरेको बयानमा उल्लेख गरीएको छ । सन्दिपले भने राति ढिलो भएपछि एउटै कोठामा बसेपनि आफुले शारिरिक सम्पर्क नगरेको बयान दिएका छन् ।
दुबै जनाको अधिकांश बयान मिलेपनि बलात्कार भने आफुले नगरेको सन्दिपले बयान दिएका छन् भने नाबालिकाले आफुमाथि एकैदिन दुई पटक जर्वरजस्ति भएको बताएकी छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे