
काठमाडौँ , ६ कात्तिक |निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबाट ३ सय ८५ जनाको नाम हटाउने भएको छ ।आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको बन्दसूचीमा नाम परेका मध्ये ४ सय ३९ जनाले समयमै निर्वाचन खर्च विवरण नबुझाएका कारण जरिवाना तिनुपर्ने सूचीमा परेका थिए ।
आयोगले उनीहरूलाई हिजोसम्म जरिबाना बुझाउने मौका दिएको थियो । तर, ५४ जनाले मात्रै जरिबाना तिरेका छन् ।बाँकीको नाम बन्द सूचीबाट हटाइने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।
जरिवाना नतिर्ने उम्मेदवारले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने आयोगले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे