
काठमाडौँ , १६ कात्तिक | निर्वाचन आयोगले नेकपा एमाले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरलाई स्पष्टीकरण सोधेको छ । आयोगले मंसिर ४ को निर्वाचनको आचारसंहिता विपरित २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा उनलाई स्पष्टीकरण सोधेको हो ।
स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न पाइदैन् त्यस्तै निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नपाइने निर्वाचन आचारसंहिता उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे