
काठमाडौँ , १८ कात्तिक | क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ ।क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आजै फैसला आउने सम्भावना रहेको छ । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।आज जवाफी बहस हुँदैछ ।
लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान शुरु भएको थियो । सन्दीपका तर्फबाट बिहीवार ८ जना अधिवक्ताले बहस गरेका थिए । बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको दावी गरेका छन् ।
किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको विद्यालयको कागजात पेश गरिएको बताएका छन् ।सन्दीपलाई १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे