
काठमाडौँ, २६ भाद्र । नेपाली सेनाका गुल्मपतिको शव नदीमा फेला परेको छ। काठमाडाैँस्थित कागेश्वरी मनोहरा नगरपालिका डाछी घर भई हाल डोल्पामा कार्यरत मेजर पण्डित सम्पर्कविहीन भएको १६ दिनपछि उनको शव फेला परेको हो।
यही भदौ १० गतेदेखि बेपत्ता भएका डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव नदीमा फेला परेको हो।
डोल्पाबाट ३० किलोमिटर दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा उनको शव फेला परेको हो। मेजर ध्रुव कार्कीको टोली परिवारसहित घटनास्थल पुगेपछि शव पहिचान भएको थियो।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोल्पा ल्याउने तयारी भएको छ । इभिनिङ् वाक जान्छु भन्दै भदौ १० गते हतारहतारमा साँझ पख गुल्म छोडेका मेजरको शव आधा महिनापछि भेटिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे