
काठमाडौं -त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि चौधरी ग्रुपको निर्माणाधीन भवनको खाली कम्पाउन्डबमे थापाथली इञ्जिनियरिङ कलेजका एकजना विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । उनको नाम अभिशेष जैसवाल रहेको छ ।
जैसवाल गत आइतबारदेखि बेपत्ता भएका थिए ।उनको शव भेटिएलगत्तै उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय, काठमाडौँ प्रहरी परिसर, टेकु, प्रहरी वृत्त कालिमाटी लगायतको टोली घटनास्थलमा पुगेको छ भने अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरलाई पनि घटनास्थलमा लगिएको छ ।
उनको शरिरमा लडेको चोटमात्र देखिएको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे