
काठमाडौँ ,२८ असार | नेपाल प्रहरीले आफ्ना लागि हातहतियार आवश्यक रहेकाले हतियार खरिद विधिसम्मत हुने जनाएको छ । प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले विज्ञप्ति जारी गरी खरिदसम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै यससम्बन्धी समाचार प्रवाह गर्दा संवेदनशील हुन पनि आग्रहगरेका छ । उनले राज्यको सीमित स्रोतसाधनबाट नेपाल प्रहरीको अत्यावश्यक सामग्री खरिदमा विनियोजन भएको बजेटबाट तत्कालको आवश्यकतालाई ध्यानमा राख्दै हातहतियार खरिद प्रक्रिया हुने बताएका छन्र । ।उनले भने, “खरिद प्रक्रियाबारे सार्वजनिक चासो, चिन्ता र सकारात्मक अपेक्षाको मूल्याङ्कन गर्दै प्रचलित खरिदसम्बन्धी ऐन, नियम र कार्यविधिमा व्यवस्था भएबमोजिम पारदर्शी ढङ्गले खरिद प्रक्रिया अवलम्बन गर्न नेपाल प्रहरी प्रधान कार्यालय सदैव सचेत, सजग एवं संवेदनशील छ ।
उनले भने“प्रहरीको सङ्गठनात्मक ढाँचा र दरबन्दीमा पछिल्लो समयमा भएको बढोत्तरी एवं सात वर्षभन्दा लामो समयदेखि प्रहरीलाई अत्यावश्यक रहेको हातहतियार खरिद नभएकाले नेपाल प्रहरीले आवश्यक हातहतियारको चरम अभाव झेल्दै आएको वास्तविकता जानकारी गराउन चाहन्छौँ , समय–समयमा जनधनको क्षति हुने, शान्ति र अमनचयन खल्बल्याउने प्रकृतिका दङ्गा–फसाद, सार्वजनिक अशान्ति, हिंसात्मक गतिविधिलाई नियन्त्रण गरी आम नागरिकमा सुरक्षाको थप अनुभूति दिलाउन प्रयोग हुँदै आएको कम घातक हातहतियार, छोटो दूरीको पेस्तोल, सर्टगन र ग्यास सेलहरूको आवश्यक रहेको उल्लेख गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे