
काठमाडौँ, ३१ भाद्र । आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् ।हेटौँडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सकसंघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो ।
संघले हिजो एक विज्ञप्ति जारी गरी मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमाचरणबद्ध आन्दोलन थालिएको संघको भनाइ छ ।
संघका अनुसार गत भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा साङ्घातिकआक्रमण भएको संघले उल्लेख गरेको छ ।
सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको तर दोषी माथि अझै कारबाहीनगरिएको भन्दै संघले आज आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम राखेको हो ।
चिकित्सकहरुले सन्चो अस्पताल हेटौंडामा डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीहरु कारबाही हुनुपर्नेसाथै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे