
डडेल्धुरा, २४ असोज । डडेल्धुरा नेकपा (एमाले) ले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ । एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो । तर निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
उहाँ राष्ट्रियसभाका पूर्वसदस्य हुनुहुन्छ । एमाले डडेल्धुराले केन्द्रबाट आधिकारिकरूपमा निर्देशन नआएकाले प्रतिनिधिसभामा एकल उम्मेदवारी दिएको जनाएको छ ।
उहाँसँगै प्रदेशसभा (क) मा सुदूरपश्चिमका पूर्वमन्त्री पठानसिंह बोहोरा र प्रदेशसभा (ख) मा गजेन्द्र शाहीले मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै प्रतिनिधिसभामा कांग्रेस (बिपी) का वरिष्ठ उपाध्यक्षसमेत रहेका मल्लले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति समेत हुनुहुन्छ । नेपाली कांग्रेसको अधिवेशनका बेला क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर संस्थापन पक्षसँग विवाद भएको थियो । त्यसपछि उहाँ कांग्रेस (बिपी) मा प्रवेश गर्नुभएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे