
काठमाडौँ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले विराटनगर विमानस्थलमा भएको रातो मसी छ्याप्ने र आक्रमण गर्ने प्रयासलाई गम्भीर र निन्दनीय बताएका छन्। उनका अनुसार, लोकतन्त्रमा विरोध गर्न पाइन्छ तर शान्तिपूर्ण तरिकाले मात्र। हिंसा वा आक्रमण कहिल्यै स्वीकार्य छैन।
बस्नेतले प्रहरीको तत्परताप्रति धन्यवाद दिनुभएको छ र भन्नुभएको छ कि देश अघि बढ्न हिंसाको सट्टा विचार, संवाद र लोकतान्त्रिक अभ्यास जरुरी छ। अराजकता र अपराध कहिल्यै स्वीकार्य छैन।
उहाँले थप भन्नुभएको छ कि, युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा अहिले उत्साह र सहभागितासहित भव्य रूपमा सुरु भएको छ र यसले देशभर सकारात्मक ऊर्जा र नयाँ प्रेरणा फैलाउनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे