
काठमाडौं – नेपाल समुद्रपार निकासी पैठारी संघले आफ्नो ४४औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। सो सभा द्वारा श्री शिवकुमार अग्रवाल (पोद्दार) ज्यूलाई संघको अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको छ। अध्यक्ष पदमा चयन भएकोमा उनलाई हार्दिक बधाई र आगामी कार्यकालको पूर्ण सफलताका लागि शुभकामना व्यक्त गरिएको छ।
उक्त साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ, जसमा मारवाडी समाजका श्री अनिलकुमार अग्रवाल ज्यूलाई प्रथम उपाध्यक्ष, श्री गौरव शारदाज्यूलाई द्वितीय उपाध्यक्ष, र श्री जयन्तकुमार अग्रवाल ज्यूलाई महासचिव पदमा चयन गरिएको छ। साथै, श्रीमती स्वाती रुंगटा अग्रवाल ज्यूलाई प्रथम सचिव, श्री ऋषिराज मोर ज्यूलाई कोषाध्यक्षमा चयन गरिएका छन्।
कार्यसमितिका अन्य सदस्यहरूमा मारवाडी सेवा समिति नेपालका उपाध्यक्ष श्री सञ्जय अग्रवाल ज्यू, सचिव श्री पंकज जालान ज्यू, र कार्यसमिति सदस्यका रूपमा श्री मदन मित्तल ज्यू, श्री अभिनव चुरिवाल ज्यू, श्री आकाश गोल्छा ज्यू, श्री गोविन्द लाल संघई ज्यू, श्री दिपेश खेतान अग्रवाल ज्यू, श्री प्रदीप राजगाढिया ज्यू, श्री प्रभात कुमार सर्राफ ज्यू, श्री मयंक केडिया ज्यू, श्री रामचन्द्र खेतान ज्यू, श्रीमती रुपाली सरावगी सिकारिया ज्यू, श्री वसन्त अग्रवाल ज्यू, श्री विमल सिद्धार्थ वैद ज्यू, र श्री सुमित कुमार वंशल ज्यूलाई चयन गरिएको छ।
नयाँ कार्यसमितिका सबै सदस्यलाई हार्दिक बधाई र आगामी कार्यकालको सफलताको शुभकामना दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे