
काठमाडौँ, जेठ २८ । आईसीसी टि-२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई पराजित गरेको छ । भारतले पाकिस्तानमाथि ६ रनको जीत हासिल गरेको हो । भारतले प्रतिद्वन्दी पाकिस्तान माथि जित निकाल्दै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनालाई ठुलो चुनैती दिएको छ ।
भारतले दिएको १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो । एक समय ७२(२ को अवस्थामा रहेको पाकिस्तानले अन्तिम आठ ओभरमा खेल गुमाउन पुग्यो । पाकिस्तानका मोहम्मद रिजवानले ४४ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए । बाबर आजम, उस्मान खान र फखार जमानले १३–१३ रन जोडे । सादब खान ४ र इफ्तिखर अहमदले ५ रन बनाए । नसिम साहले ४ बलमा २ चौकासहित १० रन बनाए ।
पहिलो खेलमा अमेरिका विरुद्ध हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था आएको छ । भारतले सबै खेल जितेको खण्डमा अमेरिकाको आयरल्याण्ड विरुद्धको हारले पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना भने जिवितै राख्ने छ । पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे