• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्थलमार्गबाट खाद्यान्न ढुवानीका लागि बोलपत्र स्वीकृति र सम्झौता निर्देशन

७ घण्टा अघि
२

नेपाल विश्व स्वास्थ्य संगठन बैठकमा दक्षिण–पूर्वी एसियाली क्षेत्रको नेतृत्वमा

८ घण्टा अघि
३

हिमाली जिल्लामा मौसम प्रतिकूल भए निर्वाचन दोस्रो चरणमा: प्रधानमन्त्री कार्की

८ घण्टा अघि
४

लागूऔषध तथा मानव बेचबिखन नियन्त्रणमा परराष्ट्रमन्त्री र होल्गेबीच छलफल

१२ घण्टा अघि
५

मानव अधिकार मुद्दामा आयोगद्वारा २८० निर्णय तथा सिफारिस

१२ घण्टा अघि
६

प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

१३ घण्टा अघि
७

ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही

१३ घण्टा अघि
८

घरेलु झगडाले रंगेलीमा भयावह घटना, श्रीमतीको हत्या गरेर पतिले गरे आत्महत्या

१४ घण्टा अघि
९

आजको मौसम

१७ घण्टा अघि
१०

निर्वाचन सुरक्षा: भोलिदेखि नै सेना परिचालन

१७ घण्टा अघि
११

लगातार सातौं वर्ष फर्च्युन मोस्ट एडमायर्ड सूचीमा मेटलाइफ

१ दिन अघि
१२

आधारभूत तालिम १–१८३ समूह सम्पन्न,प्रधानमन्त्री कार्कीद्वारा दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
९

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१०

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
प्रकाशित मिति: २०८१ फागुन ११, आईतबार (११ महिना अघि)

स्वयम्भू महोत्सव: वडाको पहिचान प्रवर्धनमा योगदान

  • 3,735 Views
  • काठमाडौं । स्वयम्भू क्षेत्रको धार्मिक, सांस्कृतिक, सामाजिक र स्थानीय उत्पादन प्रवर्धनका लागि स्वयम्भू महोत्सव सुरु भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले उद्घाटन गर्दै स्वयम्भू क्षेत्र धार्मिक सहअस्तित्व र सहभावमा आधारित अनुपम समाज भएको बताउनुभयो। उहाँले उक्त विशेषतालाई निरन्तर प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो।

    महानगर प्रमुख शाहले हिन्दू, बौद्ध, किराँत र बोन धर्मावलम्बीहरूको मिश्रित बसोबास रहेको यस क्षेत्रमा आपसी सद्भाव उल्लेखनीय रहेको बताउँदै धार्मिक सहिष्णुताको यस्तो उदाहरणीय समाज विरलै पाइने उल्लेख गर्नुभयो। उहाँका अनुसार स्वयम्भू क्षेत्रको पर्यटन पूर्वाधारलाई सुदृढ गर्न मौलिक खानालाई प्याकेजिङ गरी व्यावसायिक उचाइमा पुर्‍याउन सकिन्छ। साथै, कला र संगीतसमेत पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने बताउनुभयो।

    संघीय सांसद तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले महोत्सवले ओझेलमा परेका सम्पदाको महत्त्व उजागर गर्ने अपेक्षा व्यक्त गर्नुभयो। पूर्वमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं महानगरपालिकाले परम्परागत बस्तीका घरहरूको मौलिकता जोगाउन थालेको प्रयास महत्वपूर्ण रहेको बताउनुभयो। प्रदेश सभा सदस्य उद्धव थापाले लोपोन्मुख संस्कारहरू पुनर्जागरण गर्दै जानु आवश्यक रहेको धारणा राख्नुभयो।

    महानगर उपप्रमुख सुनिता डंगोलले स्वयम्भू क्षेत्रको सांस्कृतिक महत्व र पर्यटन प्रवर्धनमा महोत्सवले दिगो योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार स्थानीय उत्पादनको बजारीकरण, मौलिक खानाका प्रवर्धन र हस्तकलाका सामग्रीको महत्त्व वृद्धि गर्न महोत्सव प्रभावकारी हुने बताउनुभयो। नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख शुशिला अधिकारीले धार्मिक पर्यटन प्रवर्धनमा महोत्सव महत्वपूर्ण हुने विचार राख्नुभयो।

    महोत्सव तयारीअन्तर्गत वडाका विभिन्न सडकहरू मर्मत गरिएको र ढुङ्गा छाप्ने काम सम्पन्न भएकाले वातावरण सुधारमा टेवा पुगेको जनाइएको छ। वडाका जनप्रतिनिधिहरूका अनुसार महोत्सवले स्थानीय महिला उद्यमीहरूको व्यवसाय प्रवर्धनमा सहयोग पुर्‍याएको छ।

    महोत्सव सुरु हुनु अघि वडाका विभिन्न स्थानहरूको सांस्कृतिक झाँकीसहित परिक्रमा गरिएको थियो। यस क्रममा महानगर उपप्रमुख डंगोल, वडाका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। महोत्सवमा करिब ६० वटा स्टलहरू राखिएको छ। परम्परागत बाजा, जन्मदेखि मृत्युसम्मका संस्कारसँग सम्बन्धित चित्र, बुद्धको जीवनी, हुलाक टिकट र मुद्रा प्रदर्शनी महोत्सवका प्रमुख आकर्षण हुन्।

    स्थानीय उत्पादन प्रदर्शनी, मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदान, रञ्जना लिपि लेखन तथा मुहार चित्रकारिता (फेस पेन्टिङ) लगायतका गतिविधिहरूसमेत महोत्सवमा समावेश गरिएका छन्। महोत्सव अवलोकन गर्न आउनेका लागि चमती र डल्लू आवास क्षेत्रमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ।

    वडा नं. १५, ३१६.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। २०७८ को जनगणनाअनुसार यहाँ ५२ हजार ६६८ जनसंख्या रहेको छ। स्वयम्भू महाचैत्य वडाको अभिन्न पहिचानको रूपमा रहेको छ। प्राचीन मान्यताअनुसार महामञ्जुश्रीले उपत्यकाको जल निकास गरेपछि यहाँ बस्ती विकास भएको थियो। राजा प्रचण्डदेवले स्वयम्भू स्तूप निर्माण गरी यसको संरक्षण गर्नुभएको मान्यता रहेको छ।

    स्वयम्भू क्षेत्रमा रहेका पुरातात्विक एवं धार्मिक सम्पदाहरूको संरक्षण तथा प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको हो। यसबाट वडाको पहिचानसँगै स्थानीय समुदायको समृद्धि हुने अपेक्षा गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्थलमार्गबाट खाद्यान्न ढुवानीका लागि बोलपत्र स्वीकृति र सम्झौता निर्देशन
    ७ घण्टा अघि

  • २

    नेपाल विश्व स्वास्थ्य संगठन बैठकमा दक्षिण–पूर्वी एसियाली क्षेत्रको नेतृत्वमा
    ८ घण्टा अघि

  • ३

    हिमाली जिल्लामा मौसम प्रतिकूल भए निर्वाचन दोस्रो चरणमा: प्रधानमन्त्री कार्की
    ८ घण्टा अघि

  • ४

    लागूऔषध तथा मानव बेचबिखन नियन्त्रणमा परराष्ट्रमन्त्री र होल्गेबीच छलफल
    १२ घण्टा अघि

  • ५

    मानव अधिकार मुद्दामा आयोगद्वारा २८० निर्णय तथा सिफारिस
    १२ घण्टा अघि

  • ६

    प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त
    १३ घण्टा अघि

  • ७

    ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही
    १३ घण्टा अघि

  • ८

    घरेलु झगडाले रंगेलीमा भयावह घटना, श्रीमतीको हत्या गरेर पतिले गरे आत्महत्या
    १४ घण्टा अघि

  • ९

    आजको मौसम
    १७ घण्टा अघि

  • १०

    निर्वाचन सुरक्षा: भोलिदेखि नै सेना परिचालन
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपालमा धान उत्पादनमा ४% भन्दा बढी कमी, क्षेत्रफल र उत्पादकत्व घट्ने अनुमान

    नेपाल नक्सा
    २

    नेपाल–जापान सम्बन्ध ७० वर्ष : राष्ट्रपति पौडेल औपचारिक भ्रमणमा

    नेपाल नक्सा
    ३

    फागुन २१ पछिको संसद् बैठक सञ्चालनमा पूर्वाधार चुनौती

    नेपाल नक्सा
    ४

    भरतपुर महानगरका पूर्व वरिष्ठ इन्जिनियरविरुद्ध ६ करोडभन्दा बढी बिगो दाबी,अन्य माथि पनि छानविन हुँदै

    नेपाल नक्सा
    ५

    चुनावी अभिव्यक्तिदेखि प्रचारसम्म विवाद, बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयाेगले साेध्याे स्पष्टीकरण

    नेपाल नक्सा
    ६

    भाषा परीक्षा उत्तीर्ण तर दक्षिण कोरिया नजान पाएका युवाहरूले काठमाडौंमा प्रदर्शन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution