
काठमाडौँ, २ असार । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको मिल्दोजुल्दो लक्षणका संक्रमित फेला परेका छन् ।दुबई हुँदै नेपाल आएका एक २६ वर्षीय पुरुषमा मंकिपक्सको जस्तैसंक्रमण देखिको हो ।ती युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरीएको हो ।
उनलाई थप उपचारको लागी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकहरूका अनुसार मंकिपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने हुन्छ । ज्वरो देखापरेको १ देखि ३ दिनभित्र रोगीको छालामा रेसा देखा पर्दछ, रेसा प्रायः अनुहारबाट सुरू हुन्छ र त्यसपछि शरीरका अन्य भागहरूमा फैलिँदै जान्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे