
काठमाडौं । हालै सम्पन्न आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले क्षति पुर्याएको प्रहरी वृत्त महाराजगंजको आज प्रधानमन्त्री सुशीला कार्कीले स्थलमै पुगेर निरीक्षण गर्नुभयो।
प्रधानमन्त्री कार्कीले घटनापछि देखिएको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्दै सुरक्षात्मक संरचनाको पुनःनिर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शान्ति सुव्यवस्था कायम गर्न सरकारले आवश्यक कदम चाल्ने जानकारी पनि दिनुभयो।
निरीक्षणका क्रममा स्थानीय सुरक्षा अधिकारीहरूले प्रधानमन्त्रीलाई क्षतिको विवरण प्रस्तुत गरेका थिए। सरकारको यो पहलले नागरिकलाई विश्वास दिलाउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे