
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा भएको सुनुवाइपछि प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न आदेश दिइएको हो । राजदूत फिर्तासम्बन्धी विवादमा दिएको आदेशमा निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने होुभनी १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।
यो मुद्दा सरकारले केही समयअघि ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गर्दा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश नमानिएको भन्दै दायर गरिएको हो। अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले अदालतमा निवेदन दिएका छन्। उक्त निवेदनको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा हुने भएको छ।
यसअघि, सर्वोच्च अदालतले गत कात्तिक १६ गते राजदूत फिर्ता बोलाउने सरकारी निर्णयलाई तत्काल रोक्न अन्तरिम आदेश दिएको थियो। तर त्यही आदेश पालना नभएको आरोपसहित अहिले अवहेलना मुद्दा चलेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे