
काठमान्डौ,८ असार| तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन संवैधानिक निकायमा नियुक्त गरेको ५२ जना पदाधिकारीको नियुक्तिको सक्कल फाईल झिकाउन सर्वोच्च अदालतले आदेश गरेको छ।
अध्यादेशबाट ल्याईएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सोही अध्यादेशअनुसार भएको नियुक्ति खारेज गर्न माग गर्दैक सर्वोच्चमा ४ वटा रिट दर्ता भएको थियो । तर २१ पटकसम्म पेशी तोकीएपनि विभिन्न बहानामा डेढ वर्षसम्म उक्त मुद्दामा सुनुवाई हुन सकेको थिएन ।कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की, हरिकृष्ण कार्की, विश्म्भर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, अनिल कुमार सिन्हाको संवैधानिक ईजलासलेक संवैधानिक आयोगका पदाधिकारी नियुक्ति बदर गर्नुपर्ने माग गरिएको रिटमा सुनुवाई गर्दै आज राष्ट्रपति कार्यलयबाट नियुक्तिको सक्कल फाईल झिकाउन आदेश गरेको हो ।
ओलीले अध्यादेशमार्फत २१ माघ २०७७ मा ३२ जना र १० असार २०७८ मा २० गरी ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग, निर्वाचन आयोग लगायतमा नियुक्त गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे