
काठमाडौँ, १९ असार — त्रिभुवन विश्वविद्यालयमा एक महिनाभन्दा बढी समयदेखि जारी तालाबन्दी अन्त्य गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय र कीर्तिपुर प्रहरी वृत्तलाई तालाबन्दी नगर्न र यदि गरिएको छ भने खोल्न निर्देशन दिएको हो। आदेशअनुसार विश्वविद्यालयका कार्यालयहरू सञ्चालनमा ल्याउन आवश्यक कदम चाल्न भनिएको छ।
तालाबन्दी खुलाउन माग गर्दै अधिवक्ता महेश भट्टराईलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।
माघमा सकिएको स्नातक तहको भर्ना प्रक्रिया खोल्नुपर्ने मागसहित शंकरदेव, सरस्वती, पब्लिक युथ र सानोठिमी क्याम्पसका नेविसंघ निकट स्ववियु पदाधिकारीहरूले जेठ १४ गते उपकुलपति कार्यालय तोडफोड गर्दै तालाबन्दी गरेका थिए। त्यसपछि आंशिक प्राध्यापक संघले पनि जेठ ३० गते उपकुलपति, रजिस्ट्रार, रेक्टर र सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे