
काठमाडौँ । सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। आइतबार न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले यो आदेश दिएको हो।
गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको बैठकले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो। त्यसपछि यातायात विभागले भदौ ३ गते अंग्रेजी भाषामा नम्बर प्लेट बनाउन सूचना जारी गरेको थियो।
यस निर्णयविरुद्ध अधिवक्ता रामबहादुर राउतसहितका अधिवक्ताहरूले रिट दायर गरेका थिए। सर्वोच्चको आदेशमा भनिएको छ कि संविधानको धारा ३२ ले भाषा र संस्कृतिको अधिकार सुनिश्चित गरेको छ भने धारा ७ अनुसार देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको मुख्य भाषा हो।
यसअघि संशोधित ऐनले इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको थियो। भाषा आयोगले पनि विद्युतीय संकेतमा देवनागरी प्रयोग गर्न सुझाव दिएको थियो। यसकारण अदालतले अंग्रेजी मात्र प्रयोग नगर्न आदेश जारी गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे