• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ

१९ मिनेट अघि
२

निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज

४४ मिनेट अघि
३

भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

१ घण्टा अघि
४

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

२ घण्टा अघि
५

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

२ घण्टा अघि
६

फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन

२ घण्टा अघि
७

इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण

२ घण्टा अघि
८

सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख

२ घण्टा अघि
९

सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती

४ घण्टा अघि
१०

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

२0 घण्टा अघि
११

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

२३ घण्टा अघि
१२

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ भाद्र २२, बुधबार (३ साल अघि)

सुनिता डंगोलको १०० दिने श्वेतपत्र : १५ काम गरे, १० योजनाको थालनी (पुर्णपाठसहित)

  • 2,385 Views
  • काठमाडौँ, २२ भाद्र । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा श्वेतपत्र जारी गरेकी छन् । उपमेयर डंगोलले आफनो क्षेत्राधिकार भित्र परेका एक सय दिनमा १५ कामहरु सम्पन्न भइसकेका र केही सकारात्मक कार्यहरु थालनी गरेका बताएकी छन् ।

    उनले आफु चुनावमा एमालेको उमेदवार भएपनि निर्वाचित भएपछि काठमाडौँ महानगरवासी सबैको साझा जनप्रतिनिधिको हैसियतमा काम गरिरहेको बताएकी छन् ।

    यस्तो छ उनको श्वेतपत्र : 

    नेपालको सबैभन्दा ठूलो र पुरानो महानगर काठमाडौं महानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर कार्यभार सम्हालेको १ सय दिन पूरा भएको छ ।

    सर्वप्रथम, लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगैको स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछिका यी एक सय दिनमा काठमाडौं महानगरवासीबाट प्राप्त साथ, सहयोग, समर्थन र सकारात्मक सुझावलाई अन्तरात्मादेखि नै स्वीकार गर्न चाहन्छु र सबैलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु ।

    मैले गरेको, मेरा कारणले भएको र म भएकाले मात्रै भएको हो भन्ने आत्मकेन्द्रित चिन्तनबाट प्रेरित भई आत्मपरक हुने कुरामा म पटक्कै विश्वास गर्दिनँ । काठमाडौं महानगरपालिकाको विकास र समृद्धि हामी सबैको साझा सपना हो । यहाँको विकास र समृद्धिमा राजनीतिक लेप लगाएर एक–अर्काप्रति दोषारोपण गर्ने कुरा किमार्थ उचित होइन र हुँदैन पनि । त्यसैले यहाँको विकास र समृद्धिमा सबैको हातेमालो आवश्यक हुन्छ । हामीले १ सय दिनमा के ग¥यौँ भनेर फेहरिस्त सार्वजनिक गर्नुभन्दा पनि हामीले जिम्मेवारी सम्हालेपछि काठमाडौं महानगरवासीले के–कति फरक अनुभूति गरे, त्यो महत्वपूर्ण हो ।

    म नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेर उपप्रमुख पदमा निर्वाचित भएको कुरा विदितै छ । हो, म कुनै एक पार्टीको उम्मेदवार थिएँ । तर, निर्वाचित भएपछि म काठमाडौं महानगरवासी सबैको साझा जनप्रतिनिधिको हैसियतमा काम गरिरहेको छु र निरन्तर गरिरहने प्रण गर्दछु ।

    धेरैले विश्वास र भरोसा गरेको युवा नेतृत्वहरु अहिले काठमाडौं महानगरमा छन् । त्यसैले हामीले गल्ती गर्ने र दोष अरुमाथि नै थुपारेर उम्किने छुट पटक्कै छैन । म समावेशी लोकतन्त्रमा विश्वास गर्ने भएकाले आत्मगत भन्दा पनि सहकार्य, सहमति र सह अस्तित्वको भावनलाई आत्मबोध गर्दै अघि बढ्नुपर्छ भन्ने ठान्दछु । हामीले यो १ सय दिनमा ‘बिहानीले दिनको संकेत गर्छ’ भने झैँ केही सकारात्मक कामको थालनी गरी काठमाडौं महानगरवासीमा आशाको बत्ती बाल्ने प्रयास भने गरेका छौँ । केही सकारात्मक योजनालाई हामीले अघि बढाएका छौँ । यो म एक्लैबाट सम्भव भएको भने अवश्य होइन । काठमाडौं महानगरपालिकाका प्रमुखज्यू, वडाका अध्यक्ष तथा सदस्यहरु, काठमाडौं महानगरपालिकाका कर्मचारी मित्रहरु र महानगरवासीको एकमुष्ठ साथ, सहयोग, समर्थन र केही नयाँ गरौँ, केही नयाँ देखाऔँ भन्ने नेतृत्वको हुटहुटीको एकमुष्ठ प्रतिफल हो भन्ने मैले ठानेकी छु । हामी केही सकारात्मक थालनीको संकेत दिने दिशातर्फ उन्मुख भएका छौँ तर, यो पूर्ण भने होइन । हामीले गर्नुपर्ने धेरै काम छन् । हामीसँग चुनौतीका पहाड छन् । ती पहाडलाई फुटाउँदै गन्तव्यमा पुग्नुपर्ने छ । त्यसैले अहिले नै हामी हतार गर्ने र थोर–बहुत गरेका कामको पुलिन्दालाई फुकाएर त्यसमा लेपन गरी विज्ञापन गरिहाल्नुपर्छ भन्नेमा पनि छैनौँ ।

    हामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका योजनालाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौँ । त्यसैले हामीले १ सय दिनमा गरेका सकारात्मक कामको थालनी र अघि बढाइएका योजनाका बारेमा सामान्य चर्चा गर्नू अघि आर्थिक वर्ष ०७९÷८० को नीति तथा कार्यक्रम र बजेटको सामान्य चर्चा गर्न चाहन्छु । काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुखज्यूले ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने नाराका साथ विभिन्न महत्वपूर्ण नीति तथा कार्यक्रमहरु २०७९/०३/०५ गते पेस गर्नुभएको थियो । त्यस्तै मिति २०७९/०३/१० गते म आफैले आर्थिक वर्ष ०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट प्रस्तुत गरेकी थिएँ ।

    बजेट, नीति तथा कार्यक्रममा पनि काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने उदेश्यलाई समावेश गरिएको छ । बजेट, नीति तथा कार्यक्रमका बारेमा स्मरण गराउँदै गर्दा काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो चुनावी एजेण्डाप्रति म सजग र सचेत रहेको कुरा यहाँ स्मरण गराउन चाहन्छु ।

    मैले चुनावी दौरानमा काठमाडौंको विकास गर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तीन प्रकारका योजना अघि सार्दै आफ्नो घोषणपत्र सार्वजनिक गरेकी थिएँ । जहाँ ‘स्वच्छ, जीवन्त, सांस्कृतिक नगर, व्यवस्थित काठमाडौं महानगर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै अघि बढ्ने प्रण गरेको कुरा यहाँ पनि व्यक्त गर्न चाहन्छु । मैले मेरो ८ खम्बे विकास मोडलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं लगायतका विषय समेटेकी थिएँ । नीति तथा कार्यक्रम र बजेटमा लगभग यी सबै विषयहरुलाई समावेश गरेका छौँ जुन कार्यान्वयनको चरणमा रहेको छ । त्यसैले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेका कुरालाई पूर्णता दिने मेरो पहिलो प्रयास रहने छ । यसका लागि सबैको सकारात्मक सहयोगको अपेक्षा पनि गरेकी छु ।

    यति उल्लेख गरेपछि १ सय दिनमा हामीले गरेका केही सकारात्मक काम र थालनी गरेका योजनाहरुका बारेमा केही जानकारी दिनु उपयुक्त होला भन्ने हेतूले संक्षिप्त र बुँदागत रुपमा प्रस्तुत गरेकी छु ।

    मेरो क्षेत्राधिकार भित्र परेका एक सय दिनमा सम्पन्न भइसकेका र थालनी गरेका केही सकारात्मक कार्यहरु :

    १) पुरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई भएकोे र ५१ वटा विवादको किनारा

    नेपालको संविधानको भाग १७ धारा २१७ बमोजिम प्रत्येक पालिकामा एक न्यायिक समिति रहने व्यवस्था छ । नगरसभाबाट न्यायिक समितिका दुई जना सदस्यहरु निर्वाचित भएपछि मेरो संयोजकत्वमा स्थानीय विवाद निरुपण गर्न न्यायिक समिति सक्रिय भैसकेको छ । संविधानले दिएको अधिकार अनुसार न्यायिक समितिको संयोजकको जिम्मेवारीमा रहेर मैले कार्यभार सम्हालेको १ सय दिनमा पेसी भएका मुद्दामा सुनुवाइको माध्ययमबाट विवाद निरुपण गर्ने प्रक्रिया अन्तर्गत हालसम्म पुरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई गरी ५१ वटा विवाद किनारा लागेको छ ।

    २) फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल

    महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’ लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन् । पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालीन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालीन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ ।

    ३) वडास्तरीय महिला सेल गठन

    पदभार ग्रहणलगत्तै मेरो चुनावी प्रतिबद्धता अनुसार हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा समस्या समाधान गर्न महानगरका सबै वडामा ‘महिला सेल गठन’ गर्ने पहिलो निर्णय गरेकी थिएँ । सोही बमोजिम सबै वडामा गठन ‘महिला सेल’ले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिला तथा बालबालिकाहरुका लागि आवश्यक सहयोग गर्नेछ ।

    ४) सय दिन महानगरवासी सँगसँगै

    विभिन्न संघ–संस्था, समूदाय, गुठी आदिले आयोजना गरेका १ सयभन्दा बढी कार्यक्रममा सहभागी भइ महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको छ जसले काठमाडौंवासीसँगसँगै रहेर यहाँका समस्याका बारेमा साक्षात्कार हुने अवसर प्राप्त भयो । त्यसैले समस्याको समाधानका लागि आवश्यक निर्देशन दिने कार्य गरिएको छ ।

    ५) आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार

    म संयोजक रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले छोटो समयमा आर्थिक वर्ष ०७९÷८० लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने, बजेट तथा कार्यक्रमको प्राथमिकिकरण निर्धारण गर्ने, बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रुपमा गहन छलफल तथा विश्लेषण गरी योजना तथा कार्यक्रमा दोहोरोपना नपर्ने गरी आपसी तादम्यता तथा परिपुरकता कायम गर्ने र काठमाडौं महानगरपालिकाको वस्तुगत अवस्थाको विश्लेषण गरी आवश्यकता पहिचान गरिए बमोजिमको बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यपालिकामार्फत नगरसभामा पेस गरिएको र नगरसभाबाट स्वीकृत भई हाल कार्यान्वयनमा आइसकेको अवस्था छ ।

    ६) मेलमिलापकर्ता छनौट प्रक्रिया

    विवादको समाधान सकेसम्म मेलमिलापको माध्ययमबाट गर्न–गराउन पदवहालीकै दिन दोस्रो निर्णयका रुपमा सबै वडा र केन्द्रमा मेलमिलाप केन्द्र सञ्चालन गर्ने उद्देश्यले मेलमिलापकर्ताहरुको सूची तयार गर्न सूचना प्रकाशन भई प्राप्त आवेदनबाट ७७ जना मेलमिलापकर्ताको सूची कार्यपालिकाको बैठकले अनुमोदन गरिसकेको छ । प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी साना–तिना विवाद वडा तहबाटै निरुपण गर्न मेलमिलाप केन्द्रहरूलाई थप प्रभावकारी बनाउने जस्ता कुरालाई पनि प्राथमिकताका साथ अघि बढाएका छौँ ।

    ७) मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास

    मानव बेचबिखन ओसारपसार नियन्त्रण नगर स्तरीय समितिको संयोजक रहि मानव बेचबिखन ओसारपसार नियन्त्रण कार्यविधि २०७८ को नियमानुसार वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १६ र २६ गरी जम्मा १० वटा वडामा वडा समिति गठन भइसकेको छ । बाँकी वडामा पनि आवश्यक व्यवस्था गर्ने कार्यको थालनी भइसकेको छ ।

    ८) शिक्षा क्षेत्रमा सुधार

    शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी विद्यार्थीहरुलाई प्राविधिक सिप, विद्यार्थी लकर कार्यक्रम, सुविधायुक्त शौचालय, पूर्वाधार निर्माण, डिजिटल शिक्षा, सुत्केरी बिदामा बसेका महिला शिक्षकको कक्षा व्यवस्थापनको लागि सट्टा कक्षा व्यवस्थापन लगायतका कार्यक्रमहरु अघि सारिएको छ ।

    ९) इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण

    नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्वलाई अन्तर्राष्ट्रियकरण गर्दै यो पर्वको महत्वलाई विश्वसामू पनि परिचित गराउने उद्देश्यले म सहितको पहलमा ईन्द्रजात्रालाई भव्य र व्यवस्थित बनाउने प्रयासहरु भएका छन् । त्यसको तयारीका लागि इन्द्रजात्रा व्यवस्थापन समितिलगायत विभिन्न गुथिहरुसँग नियमित रुपमा बैठकहरु बसी तीव्र गतिमा तयारी गर्दैैं आएका छौं ।

    १०) नेपालभाषाको डिजिटल शब्दकोष निर्माण कार्य

    स्थानीय भाषाको अध्ययन–अध्यापनलाई निरन्तरता दिंदै नेपाल भाषाका केही डिजिटल शव्दकोष जस्ता सन्दर्भ सामग्री तयार पार्ने क्रममा रहेको छ ।

    ११) सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता

    कार्यविधि २०७९÷०३÷१० मितिमा कार्यपालिका बैठकबाट गठन भएको योजना तथा अनुगमन समितिको संयोजक रही सम्पदा तथा पर्यटन विभाग मातहतमा रहेका सम्पदाहरुको पुनर्निर्माणका लागि छनौट भएका १० वटा योजनामध्ये १० वटाकै अनुगमन सम्पन्न भएको छ । त्योसँगै अनुगमनको कार्यलाई निरन्तरता दिइएको छ । सम्पदाको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा सकारात्मक प्रयासहरु भएका छन् । हराएका सम्पदाको खोजी गरि पुर्नस्थापना गर्ने लगायतका काम पनि यो विचमा भएका छन् ।

    १२) राजस्व परामर्श समितिको गठन र कार्यान्वयन

    राजस्व परामर्श समितिको गठन तदारुकताका साथ गरी आर्थिक वर्ष ०७९÷८० का लागि राजस्व सम्बन्धी नीति तर्जुमा गरिनुका साथै राजस्वका स्रोत, दायरा र दरसमेतको विश्लेषण गरी नगर कार्यपालिका मार्फत नगरसभामा पेस गरियो । आन्तरिक आयको विश्लेषण र अनुमान, कर–राजस्व, गैर कर राजस्व, सेवा शुल्क, दस्तुर आदिको दर विश्लेषण गरी राजश्व प्रशासन सुधारका लागि राजस्व ऐन २०७५ मा आवश्यक संशोधन समेतका व्यवस्था यसै समिति मार्फत नगरसभामा पेस गरी स्वीकृत भए वमोजिम कान्र्यान्वयनमा आइसकेको छ ।

    १३) पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार

    काठमाडौँ महानगरको दीगो विकासका लागि सहकार्यको प्रयास गर्ने हेतूले विभिन्न मुलुकका राजदूतहरुसँगसँगै युएनडीपी, आईएलओ, युनिसेफ, वल्र्ड बैँङ्क र एसियन फाउण्डेशन लगायतका प्रतिनिधिसँग छलफल गरी अनुभव आदन–प्रदान गर्ने, पारस्परिक सम्बन्ध विस्तार गर्ने कार्यको थालनी गरिएको छ ।

    १४) अपाङ्गता परिचयपत्र वितरण

    काठमाडौं महानगरपालिका सामाजिक सेवा विभाग अन्तर्गत मेरो नेतृत्वमा अपाङ्गता भएका नागरिकको परिचयपत्र वितरण गर्ने कार्य भएको छ । जसमध्ये केही आवश्यक परेका व्यक्तिहरुको म स्वयं घरघरमै गएर उक्त परिचयपत्र वितरण गरिएको छ । शारीरिक अपाङ्गता भएका, सुस्त श्रवण, वौद्धिक अपाङ्गता भएका, दृष्टिविहीन, बहिरा, अटिज्म लगायतका ५ सय ७२ नागरिकलाई अहिलेसम्म परिचयपत्र वितरण गरिएको छ ।

    १५) सहरी व्यवस्थापन

    महानगरपालिकाको नगरसभाबाट स्वीकृत नीति, बजेट तथा कार्यक्रम, महानगरपालिकाबाट स्वीकृत भएका कानुन, विभिन्न तहबाट भएका निर्णय समेतका आधारमा महानगर प्रमुखको नेतृत्वमा महानगरपालिकाको सवै जनप्रतिनिधिहरु र कर्मचारीहरुको समेत साथ सहयोगमा अनधिकृत संरचना हटाउने, पार्किङ व्यवस्थापनलाई प्रवर्द्धन गर्ने, बाह्य विज्ञापन सामग्रीलाई नियमन गर्ने, फुटपाथ व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक, सरकारी जग्गाहरुको संरक्षण गर्ने, हरियाली प्रवर्द्धन गर्ने र प्रदुषण घटाउने जस्ता सहरी व्यवस्थापनका कार्यहरुमा उल्लेख्य नतिजा प्राप्त भएको छ ।

    थालनी गरिएका केही योजनाहरुः

    १) दरबार हाइस्कूल र कन्या माविलाई राष्ट्रियस्तरको नमूना विद्यालयको रुपमा विकास गर्ने जस्ता कार्यक्रम पनि अघि बढाइएको छ ।

    २) घरजग्गा बहालमा लिनेदिने व्यक्तिहरुका बिच हुने विवादलाई समाधान गर्न र बहाल कर असुलीलाई प्राथमिकता दिन बहाल व्यवस्था कार्यविधि तर्जूमा गर्ने गरी स्वीकृत भएपछि कार्यान्वयन गर्न राजस्व परामर्श समितिले कारवाही अघि बढाएको छ ।

    ३) करको दायरा बृद्धि गरी बैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजश्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजीकरण भइरहेको छ ।

    ४) सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागि प्रयासहरु थालनी गरिएको छ ।

    ५) सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारवाही अघि बढेको छ ।

    ६) न्यायिक समितिको अनुभव आदान–प्रदान गर्ने र असल तथा सफल अभ्यासहरुको अनुसरण गर्न न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौं महानगरपालिकाले गर्ने भएको छ ।

    ७) अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन प्रणालीलाई नियमित र संसगत गरी सार्वजनिक सेवालाई थप गुणस्तरीय बनाउने योजना कार्यान्वयनको चरणमा रहेको छ ।

    ८) गैरसरकारी संघ–संस्थाको कामकारवाहीलाई महानगरपालिकाको नीति, योजना तथा कार्यक्रमको प्राथमिकता अनुकुल बनाउनेतर्फ कारवाही अघि बढाएको छ ।

    ९) उपभोक्ता हित, संरक्षण तथा मानवअधिकार संरक्षणका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखी नीति तथा योजना तर्जुमा गरिएको छ ।

    १०) महानगरपालिकाको योजनाबद्ध र दिगो विकासका लागि यसै आर्थिक वर्ष भित्र आवधिक योजनालाई अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउन महानगरपालिकाले आवश्यक कार्य अघि बढाइसकेको छ ।

    माथि उल्लेखित कार्यहरु १ सय दिनभित्रै सम्पन गरिएका, थालनी भएका संक्षिप्त विषयहरु हुन् । यस बाहेक पनि अनगिन्ती विषयहरुमा उपप्रमुखको हैसियतले सम्पादन गर्न सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुनसक्दछ । त्यसका लागि आम महानगरवासीको चाहना, आवश्यकता र सहभागिता सहित सम्पादन गर्न, गराउन हामी सबै जनप्रतिनिधि तथा कर्मचारीहरुको कर्तव्य हुनेछ । आगामी दिनमा सबै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र महानगरवासीको प्रत्यक्ष वा अप्रत्यक्ष समन्वयमा कार्य हुने कुरामा विश्वस्त र प्रतिवद्ध छु ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ
    १९ मिनेट अघि

  • २

    निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज
    ४४ मिनेट अघि

  • ३

    भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने
    १ घण्टा अघि

  • ४

    अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते
    २ घण्टा अघि

  • ५

    लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली
    २ घण्टा अघि

  • ६

    फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन
    २ घण्टा अघि

  • ७

    इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण
    २ घण्टा अघि

  • ८

    सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख
    २ घण्टा अघि

  • ९

    सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती
    ४ घण्टा अघि

  • १०

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

    नेपाल नक्सा
    ६

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution