
काठमाडौँ, २६ साउन । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध विशेष अपरेशन शुरु गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार डा. पुनम थापा चौधरीलाई पनि पक्राउ गरेको छ । डा. चौधरी सुमेरु सिटी अस्पतालमा कार्यरत थिइन् ।
चौधरीसहित उक्त प्रकरणमा मुत्यु हुनेको संख्या ८ पुगेको छ । ब्युरोले यसअघि सात जनालाई पक्राउ गरिसकेको छ ।
सीआईबीले हिजो बिहीवार मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुनील शर्मालाई पनि पक्राउ गरेको थियो ।
पछिल्लो समय एक क्विनटल सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दे अर्थमन्त्रि र गृहमन्त्रि संलग्न रहेको भन्दै संसदमा आवाज उठाइरहेका शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली देखिएकाले अनुसन्धानका लागि पक्राउ गरेको सीआईबीले जनाएको छ । शर्मा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् ।
प्रहरीले इशान बाल अस्पताल धापासीमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङबाट मनिष चौधरी पक्राउ परेका छन् ।
बिहीबार सीआईबीले शर्मा सहित महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुलाई ब्युरोले लाजिम्पाटस्थित आफ्नो नयाँ कार्यालयमा राखेको छ । ब्युरोकी निर्देशक किरण बज्राचार्यले विगतदेखि नक्कली प्रमाणपत्र वाहक चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरतामा विभिन्न व्यक्तिहरु पक्राउ परेको बताइन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे