
काठमाडौं । प्रभु बैंक लिमिटेडले सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ। माघ २० गतेदेखि लागू हुने गरी उनलाई चार वर्षका लागि सिइओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ।
यसअघिका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले पदबाट राजीनामा दिएपछि बैंकको सञ्चालक समितिको निर्णयअनुसार शर्मालाई उक्त पदमा नियुक्त गरिएको हो। बैंकिङ क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा परिचित शर्मा यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।
उनले यसअघि ग्लोबल आइएमई बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृत तथा माछापुच्छ्रे बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन्। बैंकिङ, व्यवस्थापन र रणनीतिक नेतृत्वमा लामो अनुभव रहेको शर्माको नेतृत्वमा प्रभु बैंकको संस्थागत सुदृढीकरण र व्यावसायिक विस्तार थप प्रभावकारी हुने विश्वास बैंकले व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे