
काठमाडौं। देशको अग्रणी वाणिज्य बैंकमध्ये एक एनआईसी एशिया बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ)का रूपमा सुजित कुमार शाक्यलाई चार वर्षका लागि नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको निर्णयअनुसार नियुक्त शाक्य हालसम्म नबिल बैंकमा सिनियर डेप्युटी सिइओको जिम्मेवारीमा कार्यरत थिए। बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव बटुलेका शाक्यले आफ्नो करियर तत्कालीन बैंक अफ एशियाबाट सुरु गरेका थिए र मर्जपछि एनआईसी बैंक, सिभिल बैंक, जनता बैंक हुँदै नबिल बैंकमा सेवा दिएका थिए। यसअघि एनआईसी एशिया बैंकका सिइओ रोशन कुमार न्यौपानेले असोजको पहिलो सातामा राजीनामा दिएपछि सन्तोष कुमार राठीले कायम मुकायम सिइओका रूपमा जिम्मेवारी सम्हालेका थिए। शाक्यको पुनरागमनसँगै बैंकले स्थायी नेतृत्व पाएको छ। बैंकिङ क्षेत्रका विज्ञहरूका अनुसार शाक्यको अनुभव, रणनीतिक दृष्टिकोण र व्यावसायिक क्षमताले एनआईसी एशिया बैंकलाई प्रतिस्पर्धात्मक बजारमा थप सुदृढ बनाउने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे