
काठमाडौं, २५ माघ । सुदूरपश्चिम प्रदेश सभाको पहिलो अधिवेशनको सातौं बैठक स्थगित भएको छ । बैठक भोलि सम्मका लागि विशेष कारणवश स्थगित भएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी थियो । तर कारणवश बैठक स्थगित भएको हो ।
आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै बैठक स्थगित भएको छ । अर्को बैठक भोली दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सुचना जारी गरेर जानकारी गराएको हो ।
प्रदेशसभामा सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएपछि मुख्यमन्त्री रावलको पद सङ्कटमा परेको छ ।
टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ हुनुपर्ने माग राखेको नागरिक उन्मुक्ति पार्टी उक्त माग सम्बोधन नभएको भन्दै विश्वासको मत नदिने अडानमा छ । मंगलबार नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेशसभा सदस्य र अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलाई कारागारमै पुगेर भेट गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे