
काठमाडौं , वैशाख २३।अक्सफोर्ड इन्टरनेसनल एजुकेसन ग्रुपबाट अंग्रेजी भाषा स्तर परीक्षा (इ एल एल टि)सम्वन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मे ३ मा सम्पन्न भएको कार्यक्रममा अक्सफोर्डसँग सहकार्य गर्न एजेन्टहरू सहभागी थिए। कार्यक्रममा पश्चिम भारतका क्षेत्रीय प्रबन्धक रत्नेस मिश्रले अङ्ग्रेजी भाषा परीक्षाको तयारी कसरी गर्ने, कुन कुरामा ध्यान केन्द्रित गर्ने र यी क्षेत्रमा इएलटीको महत्त्व र प्रभावकारिताबारे सहभागीहरूलाई जानकारी दिए।
त्यसैगरी, अक्सफोर्ड ईएलटीका मास्टर टेनर नीना एमिन एलिजावेदाले अंग्रेजी भाषा परीक्षाको पढाइ, लेखन, श्रवण र बोल्ने खण्डका आधारभूत पक्षहरूबारे छलफल गरी सहभागीहरूका प्रश्नहरूलाई सम्बोधन गरे।
कार्यक्रममा सहभागी साझेदार र एजेन्टहरूले अक्सफोर्ड इन्टरनेशनल एजुकेशन ग्रुपप्रति आभार व्यक्त गर्दै कार्यक्रम अत्यन्त प्रभावकारी भएको र अंग्रेजी भाषा परीक्षा दिने विद्यार्थीहरूलाई अझ प्रभावकारी तरिकाले आफ्नो परीक्षाको प्रदर्शन सुधार्न मद्दत गर्न सक्ने बताए।
साथै, कार्यक्रममा सहभागी हुने साझेदार र एजेन्ट प्रतिनिधिहरूलाई धन्यवाद दिँदै प्रमाणित सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
अक्सफोर्ड इन्टरनेशनल एजुकेशन ग्रुपका नेपाल र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर राजु पौडेलले कार्यक्रमको समापन गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे