
काठमाडौँ, २१ असार ।प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीले अष्ट्रेलिया अध्ययन गर्न भिजा लागेका बिध्यार्थीहरूलाई यात्रामा सहज होस् भन्ने उद्देश्यका साथ स्ट्डी इन अष्ट्रेलिया ओरेन्टेसन एण्ड प्री डीपार्चर सेसनको आयोजना गरेको छ।
उक्त कार्यक्रममा प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीका प्रोग्राम डाइरेक्टर राजु सिंहले भिजा लागेका बिध्यार्थीहरू र तिनका अभिभावकहरूलाई अस्ट्रेलियन लाइफ स्टाइल, अन्तर्राष्ट्रिय बिद्यार्थीहरुको समस्या र अवसर लगायतको बारेमा प्रकाश पार्नु भएको थियो।
साथै यात्रामा बोक्नु पर्ने सामग्री, बोक्न नहुने सामग्री, अपनाउन पर्ने प्रकृयाका बारेमा जानकारी गराउनु भएको थियो।
स्ट्डी इन अष्ट्रेलिया ओरेन्टेसन एण्ड प्री डीपार्चर सेसन निकैनै जानकारी मुलक भएको भन्दै बिध्यार्थीहरूले प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीलाई धन्यबाद ब्यक्त गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे