
काठमाडौँ, १६ चैत । त्रिभुवन विश्वविद्यालय ( त्रिवि )ले उत्तरपुस्तिका हराएका विद्यार्थीहरुको पुनः परिक्षा लिने भएको छ । परिक्षा यही चैत २१ गते लिने भएको छ । त्रिविको लापारबाहीका करिब ४ सय विद्यार्थीको परीक्षण भइसकेको उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालय बल्खुबाटै हराएको छ ।
परीक्षाको पुनः परीक्षा दिनुपर्ने भएकाले विद्यार्थीहरुले सास्ती खेप्नुपरेको छ । उत्तरपुस्तिका हराएका विद्यार्थीहरुको पुनः परीक्षा सञ्चालन गर्न कलेजहरूलाई पत्रचार गरिसको छ । त्रिविले चैत्र २१ गते बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन गर्न बिहीबार पत्राचार गरेको हो। त्रिवि कार्यकारी परिषद्को हिजो बसेको बैठकले तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । यस विषयमा छानबिन गर्न त्रिविले उच्चस्तरीय समिति गठन गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे