
काठमाडौँ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी अनुसन्धानका क्रममा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको बयान जारी छ। यसका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा उनलाई फेरि बोलाएर बयान लिएको हो।
आयोगका एक अधिकारीका अनुसार, तत्कालीन आईजीपी खापुङले यसअघि पनि बयान दिइसकेका थिए। तर अनुसन्धानमा अझै केही विषयमा स्पष्टता आवश्यक भएकाले उनलाई पुनः बयानमा बोलाइएको हो।
भदौ २३ गते प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा २२ जनाको मृत्यु भएको थियो। त्यसबेला तत्कालीन प्रहरी प्रमुख खापुङ जिम्मेवारीमा थिए। प्रहरीले अत्यधिक बल प्रयोग गरेको र भदौ २४ गते सार्वजनिक सम्पत्ति सुरक्षा गर्न नसकेको आरोपको सामना गर्दै आएको छ।
आयोगले घटनाको पूर्ण अनुसन्धान गर्दैछ र बयान जारी रहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे