
काठमाडौं। श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आजदेखि पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ। नेपाल धितोपत्र बोर्डबाट साउन १३ मा प्राप्त स्वीकृतिअनुसार कम्पनीले प्रतिकित्ता रु.१०० का दरले आईपीओ ल्याएको हो।
कम्पनीले कूल ३२,६२,५०० कित्ता सेयर निष्कासन गर्दै छ। यसमध्ये उद्योग–प्रभावित स्थानीयका लागि १,६२,१२५ कित्ता तथा वैदेशिक रोजगारी समूहका लागि ३,०९,९३८ कित्ता छुट्याइएको छ। न्यूनतम १० देखि अधिकतम १०,००० कित्ता सम्म आवेदन दिन सकिने व्यवस्था छ।
उद्योग–प्रभावित स्थानीयको हकमा रुपन्देही र पाल्पा जिल्लाका योग्य बासिन्दाले आवेदन दिन सक्नेछन्। यस समूहका आवेदकले नबिल बैंक र एनएमबी बैंकका तानसेन तथा फरसाटिकर शाखामा, साथै ग्लोबल आईएमई बैंकको तानसेन शाखामा आवेदन फाराम दर्ता गराउन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओमा भदौ १५ सम्म आवेदन दिन सकिन्छ। उद्योग–प्रभावित स्थानीयका लागि भदौ २५ सम्म अवधि तोकिएको छ। तोकिएको अवधिभित्र पर्याप्त माग नआएमा निष्कासन अवधि असोज ९ सम्म लम्बिन सक्छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
कूल सेयर: ३२,६२,५०० कित्ता (प्रति कित्ता रु.१००)
उद्योग–प्रभावित स्थानीयका लागि: १,६२,१२५ कित्ता (रुपन्देही/पाल्पा)
वैदेशिक रोजगारी समूहका लागि: ३,०९,९३८ कित्ता
आवेदन सीमा: न्यूनतम १० देखि अधिकतम १०,००० कित्ता
इस्यु म्यानेजर: नबिल इन्भेस्टमेन्ट बैंकिङ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे