
काठमाडौँ | श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको छ । राष्ट्रपति भवनमा नै प्रदर्शनकारीहरु प्रवेश गरेर तोडफोड गर्नुका साथै प्रधानमन्त्रीको घरमै आगजनी गरेपछि राष्ट्रपति राजापाक्षेले राजिनामाको घोषणा गरेका छन्र ।
यसैगरी श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमाशिंगेको घरमा आगजनी गरेका छन्र ।गम्भीर आर्थिक संकट झेलिरहेको श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्री प्रति सर्वसाधारणको व्यापक असन्तुष्टि रहेका छन्र । महिनौंदेखि राष्ट्रपतिको राजिनामाको माग गर्दै सर्वसाधारण सडक संघर्षमा ओर्लिएका छन् ।
प्रदर्शनकारीले आगजनी गरेपछि हिजै प्रधानमन्त्री विक्रमासिंगे पनि राजिनामा दिन सहमत हुनु भएको उनका सभामुखले जानकारी दिए। शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि प्रधानमन्त्रीले आगामी बुधबार संसद समक्ष राजिनामा दिने छन्र । सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे