
काठमाडौँ , मङ्सिर ७ । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । राष्ट्रिय संसद्को ११औँ महासभामा सहभागी हुन सभामुख घिमिरे उनी आज राति सवा १० बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।
कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ । ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले आयोजना गरेको यो सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् । सन् २०१७ देखि सुरु भएको यो सम्मेलनमा विभिन्न मुलुकका सांसदबीच अन्तरक्रियाका हुनेछ ।
सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे