
काठमाडौं , ७ मंसिर। ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छन् ।उनले आफ्नो प्रतिद्वन्द्वी एमालेका अमृत खड्कालाई पराजित गरेकी हुन् ।
त्यस्तै सत्ता गठबन्धनकी माओवादीकी पम्फा भुसाललाई तेस्रो मत प्राप्त भएको छ ।
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम निर्वाचित भएकी छिन् ।।उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत प्रप्त गरेकी छिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे