
काठमाडौँ, मङ्सिर ३० । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संसद्ले महाअभियोग लगाएको छ, जसपछि उनी राष्ट्रपति पदबाट निलम्बित भएका छन् । युनमाथि सैनिक शासन लागू गरेको आरोप लगाउँदै संसद्ले महाअभियोगको प्रक्रिया सुरु गरेको थियो। युनले दुई हप्ता पहिले सैनिक शासन घोषणा गरेपछि संसद् सक्रिय भएको थियो।
पहिलो प्रयासमा पक्ष र विपक्षको मत बाझिएर महाअभियोग पारित हुन सकेको थिएन, तर शनिबार संसद्ले दोस्रो पटक महाअभियोग प्रस्ताव पेस गर्दा पक्षमा २०४ मत परेपछि प्रस्ताव पारित भयो। विपक्षमा ८५ मत परेको थियो, र आठ बदर र तीन अनुपस्थित मत थिए।
युनको निलम्बनपछि प्रधानमन्त्री हान डक सो कार्यवाहक राष्ट्रपति बन्नुभएको छ, तर उनलाई हटाउने वा नहटाउने निर्णय दक्षिण कोरियाको संवैधानिक अदालतले गर्नेछ। यस प्रक्रियामा छ महिना लाग्न सक्ने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे