
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न थालेका छन् ।काठमाडौं महानगरको पहिलो नगर/कार्यपालिकाको बैठकले नगरभित्रका होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।
यो बलिया पार्टीलाई ठूलो धक्का थियो किनभने उनीहरु सोच्थे कि आफ्नो चुनाव चिन्हमा जो उठेपनि उनीहरुले जिति हाल्छन्।मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति लिइएको बताएका थिए ।
सो निर्णयमा सबैले सहमति जनाएपछि अब होटल तथा रेस्टुरेन्टको शौचालय प्रयोग गर्दा पैसा तिर्नुपर्दैन। तर व्यवहारमा उत्रिन केही समय लाग्नेछ।
यसबीचमा काठमाडौंको आरडिएक्स रेस्टुरेन्ट तथा ट्याटु बारले आफ्नो शौचालय सार्वजनिक भएको घोषणा गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे