
काठमाडौँ, ७ बैशाख । ग्रहणको नाम सुन्ने वित्तिकै मानिसको मनमा डर देखापर्छ । ग्रह-नक्षत्रमा कुनै चाल चल्दा त्यसको शुभ र अशुभ प्रभाव सबै राशिका जातकको जीवनमा देखिन्छ । सन् २०२३ को पहिलो ग्रहण आज बिहान ८ . ०० बजे सुरु भई दिउँसो १२.४४ मा समापन हुनेछ । यसपटक सूर्यग्रहणको कुल अवधि ५ घण्टा २४ मिनेट रहेको बताइएको छ ।
यस वर्षको सूर्यमा लाग्ने यो खण्डग्रास ग्रहण नेपालबाट देखिने छैन । विश्वको जुनसुकै कुनामा ग्रहण लाग्दैछ, त्यसले त्यहाँका बासिन्दाहरूलाई अवश्य असर गर्छ, तर विश्वको जुन क्षेत्रमा यो नदेखिने छ, त्यहाँका मानिसहरूलाई चिन्ता लिनु पर्दैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे