
काठमाडौँ । चितवन ३ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेकी छन्। उनले निर्वाचन आयोगमा प्रस्तुत विवरणअनुसार कुल नौ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेको जनाइएको छ।
विवरण अनुसार मनोनयन दर्ता पाँच हजार, प्रचार–प्रसार सामग्री खरिदमा तीन लाख १७ हजार चार सय, मतदातालाई एक दिने प्रशिक्षण ३० हजार, नमूना मतपत्र र घोषणा पत्र छपाइमा ७४ हजार दुई सय, वडास्तरीय १५ दिने प्रचार–प्रसारमा एक लाख, सवारी साधनमा तीन लाख २५ हजार, स्टेस्नरी खर्च २३ हजार ४४५, र खाद्यान्न, रासन तथा पानीमा एक लाख १८ हजार रुपैयाँ खर्च भएको छ।
सोविता गौतम ५९ हजार २७७ मतसहित निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी रेनु दाहालले २० हजार ६१५ मत पाएकी थिइन्। सोविताले ३८ हजार ६६२ मतान्तरले विजयी भएका हुन्। यस निर्वाचनमा कुल एक लाख ५३ मत खसेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे