एसएमएस एजुकेसन सर्भिसेजले पीटीई र आईईएलटीएस केन्द्रीत दुई दिने इन्फर्मेसन सेसन सम्पन्न
2,248 Views
काठमाडौं,२७ साउन।एसएमएस एजुकेसन सर्भिसेजले पीटीई (पिअर्सन टेस्ट अफ इंग्लिश) र आईईएलटीएसको तयारीको लागि दुई दिने विशेष कार्यक्रमको आयोजना गरेको थियो, जसमा पिअर्सन र ब्रिटिश काउन्सिलका प्रमुख व्यक्तिहरू सहभागी भएको थिए। अगस्त ८, २०२४ मा, एसएमएस एजुकेसन सर्भिसेजले पिअर्सनको नेपाल र भूटानका क्षेत्रीय विकास प्रबन्धक, सुमन कृष्ण श्रेष्ठसँग पिअर्सन टेस्टको स्वरूप, स्कोरिङ्ग, र प्रभावकारी तयारीका रणनीतिहरूमा केन्द्रित एक सत्रको आयोजना गर्यो।
यसले सहभागीहरूलाई पिअर्सनका एक प्रमुख व्यक्तिसँग प्रत्यक्ष अन्तरक्रिया गर्नको अवसर प्रदान गर्यो। अर्को दिन, अगस्त ९, २०२४ मा, ब्रिटिश काउन्सिलका एकाउन्टस् रिलेसनसिप अफिसर, रुबिना शाक्यको नेतृत्वमा आईईएलटीएसका टेस्ट प्रिपेसन सपोट सर्भिसेज, र थप स्रोतहरूको बारेमा जानकारी गराउनु भयो।
यसका अतिरिक्त, एसएमएस एजुकेसनका नेपाल शाखाका निर्देशक, राजकुमार सुबेदीले सम्बोधन गर्दै आईईएलटीएस र पीटीईको महत्वको बारेमा जानकारी गराउनु भयो एसएमएस पीटीई र आईईएलटीएस इन्स्टक्टर, विश्व कुमार कार्की ले ब्रिटिश काउन्सिल र पिअर्सनसँगको अतिथि वक्ताहरूबाट बिध्यार्थीहरूलाई नयाँ आइडीयामिलेकोबताउनुभयो।
उनले एसएमएस एजुकेसनले भबिस्यमा पनि नियमित रूपमा यस्ता नवप्रवर्तनात्मक कार्यक्रम हरू आयोजना गर्ने बताउनु भयो। यस कार्यक्रमले सहभागीहरूलाई आईईएलटीएस र पीटीई तयारीका लागि आवश्यक ज्ञान र सीप प्रदान गरेको थियो, जसमा अन्तरक्रियात्मक छलफल र व्यावहारिक अभ्यास समावेश गरिएको थियो।