
२०७९ फागुन १४। सयपत्री हाइड्रोपावर लिमिटेडको छैटौँ बार्षिक साधारण सभा हालै सम्पन्न भएको छ।
सोही अवसरमा सर्वसाधारणको तर्फबाट संचालकमा ताराखोला गाउँ पालिका वार्ड नं ३ साविक हिल गा. वि स वार्ड नं ६ मा जन्मनु भएका इन्जिनियर श्री दिल बहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ।

सयपत्री हाइड्रोपावर लिमिटेड बिक्रम सम्बत २०६४ मा प्रा.ली. मा दर्ता भै २०७३ मा लिमिटेडमा रूपान्तर भएको एक उत्कृष्ट हाइड्रोपावर कम्पनी हो।
हाइड्रोपावर बाटै आफ्नो करीयर अगाडि बढाउनु भएका थापाले यस अधी पनी बिभिन्न हाइड्रोपावर कम्पनीहरूमा इन्जिनियरको रूपमा काम गरीसक्नु भएको छ।
पोखरामा अवस्थित पश्चिमाञ्चल क्याम्पसबाट सिभिल इन्जिनियरिङमा डीप्लोमा, एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्ट ललितपुर बाट ब्याचलर गर्नु भएका थापा हाल लुम्बिनी बुद्धीष्ट युनिभर्सिटी बाट डिजास्टर रिक्स इन्जिनियरिङ मेनेजमेन्टमा मास्टर्स अध्ययन गरीरहनु भएको छ।
पेशाले इन्जिनियर भए तापनि थापा साहित्य, खेलकुद र प्रविधिसँग सम्बन्धित लेख रचना र अनुसन्धानमा बिशेष रूचि राख्नु हुन्छ।
उहाँका रोचक कविता, गजल र लेखहरू दैनिक पत्र पत्रिका र अनलाइन मिडियाहरुबाट प्रकाशित हुने गरेको छ।
थापा, नेपालको ग्रामीण भेगको विकास प्रविधिको उच्चतम प्रयोग गरी श्रृजनात्मक ढङ्गबाट नेपालको दिगो विकास हुनुपर्छ भन्ने बिषयमा केन्द्रीत हुनुहुन्छ।
उहाँको सयपत्री हाइड्रोपावर लिमिटेडमा संचालक पदको सफल कार्यकालको शुभकामना।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे