
काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव भेटिएको छ । पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । प्रहरीका अनुसार शनिबार साँझ ती शव फेला परेका हुन् ।
भदौ २४ गते प्रदर्शनकारीहरूले आगो झोसेको चुच्चेपाटीको भाटभटेनीबाट अझै धुवाँ निस्किरहेको छ। भदौ २४ गते काठमाडौंका अधिकांश भाटभटेनीमा प्रदर्शनकारीले आगजनी गरेका थिए। शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । जेनजी आन्दोलनका क्रममा मारिनेको संख्या ५५ पुगेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे