
काठमाडौँ, २१ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सिता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ । स्वास्थ्यमा समस्या आएपछि शनिवार ललितपुरको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको पारिवारिक स्रोतका जनाएको छ ।
यसअघि १५ दिन अस्पताल बसाइपछि कात्तिक १४ गते सीतालाई डिस्चार्ज गरिएको थियो । सिता लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित छिन् । उनको अमेरिका, सिंगापुर र भारतमा पनि उपचार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे