
काठमाडौं ,१३ असोज । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमकी उदीयमान गायिका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । उनको मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो ।
उनी एसइई उत्तीर्णपछि खोटाङबाट काठमाडौं आएर सांगीतिक क्षेत्रमा भविष्य खोज्दै थिइन् ।
पाटन अस्पताल भर्ना गरिएकी गायिका राईको उपचारका क्रममा बुधबार निधन भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे