
काठमाडौँ, २३ असोज । गायक संजय श्रेष्ठले राप्रपा छाडेको घोषणा गरेका छन् । मंसिर ४ गते हुने संसदीय चुनावमा टिकट नदिएकोमा असन्तुष्टि जनाउँदै पार्टी छाडेका हुन् ।
उनले काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उमेदवारी दिने पनि बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत श्रेष्ठले राप्रपामा हालिमुहाली गरेर बसेका केही प्रपन्चकारीहरुले आफुमाथि षड्यन्त्र गरेर टिकट नदिएको आरोप लगाएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पहिले नै टिकट दिने प्रतिबद्धता जनाए पनि वचन पुरा नगरेको उनको आरोप छ ।
उनले सामाजिक सञ्जालमा भनेका छन् :
मेरो उद्घोष हिजो पनि त्यही थियो , आज पनि त्यही छ र भोलि पनि त्यही रहनेछ …
“मैदानमा ओर्लिसके ….जोसुकै आओस लडिन्छ र जितिन्छ।।”
मात्र यति हो कि मेरो ४ महिनादेखिको यो उद्घोष र हिम्मतलाइ राप्रपा का जिल्ला र क्षेत्रमा अनैतिक हालिमुहाली गरेर बसेका केही थान प्रपन्चकारीहरु हुँडारहरुले लगाम लगाउन खोजे …तर तिनिहरुलाइ यो थाहा छैन कि सिंह लम्के पछि पछि हट्दैन …ती हुँडारहरुकै लहैलहैमा पार्टी नेतृत्वकर्ताहरु पनि लाग्छन् र आफुले बोलेको जुबान बाट हट्छन भने त्यस्तो नेतृत्वको के विश्वास ??यसर्थ ,त्यो पार्टी परित्याग गर्दै मैले स्वतन्त्र उम्मेदवारी दिन्छु भनि अघिल्लो पोस्टमा उल्लेख गरिसके ।।। मेरो आधिकारिक घोषणा मेर स्वतन्त्र उम्मेदवारी नै हो ….जय होस
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे