
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले हालको जेनजी आन्दोलनको दुरुपयोग भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन् कि यो आन्दोलनको आडमा केही शक्तिहरू देशलाई फेरि १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बनाउने खेलमा लागिरहेका छन्। उनका अनुसार संविधान र संसद खारेज गर्ने कुरा देशलाई संकटतर्फ धकेल्ने खतरनाक चाल हो।
राउतले भनेका छन्, देश सबै जात, वर्ग र क्षेत्रका लागि हो, र जेनजीले गर्ने निर्णय पनि सबै नेपालीको भावना, सम्मान र अधिकारलाई समेट्ने हुनुपर्छ। उनले चेतावनी दिएका छन् कि आन्दोलनको नाममा केही पात्रहरूले देशमा रिक्तता सिर्जना गर्न खोजिरहेका छन्, जसले देशलाई अवैधताको बाटोमा लैजान सक्छ।
उनको धारणा छ—संविधानमा केही सुधार आवश्यक भए पनि त्यो चुनावपछि गर्न सकिन्छ। अहिले संसद भंग गर्नु गलत हुनेछ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन सबै एकजुट हुनुपर्ने उनको भनाइ छ। उनले निर्वाचनतर्फ जानु अहिलेको समाधान भएको बताए। ६ महिनाभित्र चुनाव गराएर नयाँ संसद बनाउने र हाललाई रिक्तता नल्याउने सुझाव पनि उनले दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे