
काठमाडौँ , १० साउन | अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्युरो काठमाडौँ ९एनसिबी० र राहदानी विभागबिच आज समझदारी ( पत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्यालले उक्त समझदारी गरेका छन् ।
यस अवसरमा प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलमा रहेका विभिन्न डाटाबेसमध्ये एसएलटिडी ९चोरी र हराएको यात्रा कागजात० डाटाबेस हाल नेपालले पनि प्रयोग गर्दै आएको र उक्त डाटाबेसलाई व्यवस्थित गर्न इन्टरपोलद्वारा डब्लुआइएसडिएम ९डाटा व्यवस्थापनका लागि इन्टरपोल वेबसेवा०प्रविधि इन्टरपोलका सदस्य राष्ट्रलाई आवश्यकता अनुसार प्रदान गरेको चर्चा गरे ।
प्रहरी महानिरीक्षक कुँवरले लामो समयदेखि हराएका, चोरी भएका तथा रद्ध गरिएका राहदानीहरूको नेपालमा मात्र नभएर वैदेशिक भूमिमा समेत आपराधिक तथा अवैधानिक प्रयोगमा नियन्त्रण तथा जानकारी प्राप्त हुने, डाटावेशमा अपडेट गर्दा त्रुटि हुने सम्भावनाको अन्त्य हुने, लामो र झन्झटिलो प्रकृया यस पश्चात सहज र छिटो हुनुका साथै नेपाल प्रहरी इन्टरपोल शाखा, अध्यागमन विभाग र राहदानी विभागबीचमा समेत समन्वय हुने विश्वास व्यक्त गरे । आजको समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा राहदानी विभागका पदाधिकारीहरूको उपस्थिति थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे