
काठमाडौँ । सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रा। लि। बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौताअनुसार बालुवाटार, काठमाडौँस्थित पेट मामा नेपालमा सिद्धार्थ बैंकका ग्राहकले बैंकको कुनै पनि कार्ड प्रयोग गरेर भुक्तानी गर्दा घरपालुवा जनावरका विभिन्न सेवामा छुट पाउनेछन्। यसमा पेट ग्रुमिङ, स्पा, भेटेरिनरी परामर्श तथा खोप सेवा समावेश छन्। यी सेवामा ग्राहकले १० प्रतिशतसम्म छुट लिन सक्ने बैंकले जनाएको छ।
यस सम्झौताबाट ग्राहकलाई सिधै फाइदा पुग्ने र नगदभन्दा डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहन मिल्ने विश्वास बैंकले लिएको छ। बैंकका अनुसार यस्ता सहकार्यले ग्राहकको दैनिक जीवनलाई अझ सहज बनाउने लक्ष्य राखिएको हो।
यस अफर तथा अन्य सेवाबारे थप जानकारी लिन ग्राहकले सिद्धार्थ बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे