
काठमाडौं,असार १२।एस आई युके नेपालले मल्टी डेस्टीनेसन एजुकेसन फेयर आयोजन गर्ने भएको छ। जुन २६ तारिकका दिन एस आई युके नेपालले पत्रकार सम्मेलन गर्दै मल्टी डेस्टीनेसन एजुकेसन फेयरको तयारी पूरा भएको जानकारी गराएको हो।
जुन २९ गते आयोजना गर्न लागिएको उक्त फेयरमा युकेका उत्कृष्ट विश्वविद्यालयहरुको उपस्थितीमा त्यहाँ उपलब्ध कोर्स, सुविधाहरू, आवेदन प्रक्रिया तथा अध्ययन पश्चातका विभिन्न अवसरहरूको बारेमा शैक्षिक परामर्श प्रदान गरिने हुँदा यो कार्यक्रम निकै नै फलदायी हुने एस आई युके ग्लोबलका एमडी विनय अधिकारीले जानकारी गराउनुभयो।
त्यस्तै, यो कार्यक्रममा सहभागी हुन करिब ११००० भन्दा बढी विद्यार्थीहरूले अनलाइन रजिष्ट्रेसन गरिसकेको एस आई युके ग्लोबलका आइटी प्रबन्धक सोहेल आलमले जानकारी गराउनुभयो। मल्टी डेस्टीनेसन एजुकेसन फेयरले नेपाली विद्यार्थी तथा अभिभावकमा युके शैक्षिक गन्तव्य सम्बन्धी सम्पूर्ण जिज्ञासाको समाधान गर्ने विश्वास संस्थाले लिएको भन्दै एक पटक फेयरमा उपस्थिती जनाउन एस आई युके नेपालका कन्ट्री म्यानेजर नन्दन सिंहले आग्रह गर्नुभयो।
उक्त फेयरमा सहभागी हुने केही प्रमुख विश्वविद्यालयहरू निम्नलिखित छन्: तेसाइड विश्वविद्यालय (Tees-side University), कार्डिफ मेट्रोपोलिटन विश्वविद्यालय (Cardiff Metropolitan University), इस्ट एंग्लिया विश्वविद्यालय (University of East Anglia), सीईजी क्याम्ब्रिज एजुकेशन ग्रुप यूके (CEG Cambridge Education Group UK), रेगेन्ट कलेज लन्डन (Regent College London), अल्स्टर विश्वविद्यालय (Ulster University)।
अन्य उल्लेखनीय सहभागीहरूमा कोभेन्ट्री विश्वविद्यालय (Coventry University), स्टडी ग्रुप (Study Group), स्वानसी विश्वविद्यालय (Swansea University), ट्रिनिटी कलेज डब्लिन (Trinity College Dublin), क्विन्स विश्वविद्यालय बेलफास्ट (Queen’s University Belfast), आंग्लिया रसकिन विश्वविद्यालय (Anglia Ruskin University), नर्थह्याम्पटन विश्वविद्यालय (University of Northampton), स्ट्राथक्लाइड विश्वविद्यालय (University of Strathclyde), म्यानचेस्टर मेट्रोपोलिटन विश्वविद्यालय (Manchester Metropolitan University), हर्टफोर्डशायर विश्वविद्यालय (University of Hertfordshire), इस्ट लन्डन विश्वविद्यालय (University of East London), किल विश्वविद्यालय (Keele University), मिडलसेक्स विश्वविद्यालय (Middlesex University), वेस्ट लन्डन विश्वविद्यालय (University of West London), अक्सफोर्ड ब्रुक्स विश्वविद्यालय (Oxford Brookes University), साल्फर्ड विश्वविद्यालय (Salford University), रेगेन्ट कलेज दुबई (Regent College Dubai) रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे