
काठमाडौँ ,७ कात्तिक | टुकुचा खोलामा निर्माण गरिएको सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा विवाद देखिएको छ ।
अनधिकृत संरचना हटाउने काठमाडौँ महानगरपालिकाको अभियानअन्तर्गत भेटिएको टुकुचा खोलामा निर्मित सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा महानगरपालिका तथा पुरातत्व विभागको आ–आफ्नै तर्क र अडान रहेको छ ।
प्राकृतिक रूपले निर्मित बाटोमा खोलानाला बग्नुपर्छ, त्यसमा कुनै किसिमको कृत्रिम छेकबार वा अवरोध सिर्जना गर्नु हुँदैन भन्ने तर्कका आधारमा टुकुचामा निर्माण गरिएको सुरुङ भत्काउनुपर्छ भन्ने महानगरको तर्क छ भने सय वर्षअघि नै निर्माण गरिएकाले सो सुरुङ पुरातात्विक सम्पदा भएकाले त्यसको संरक्षण गर्नुपर्छ भन्ने पुरातत्व विभागको अडान छ ।आजको गोरखापत्र दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे