
काठमाडौँ ,२३ कात्तिक | प्रदेश नम्बर १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । २०७४ सालको निर्वाचनमा समानुपातिक कोटाबाट प्रदेश सांसद बनेका थापाको उपचारकै क्रममा निधन भएको हो ।
उनी आगामी निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ का प्रदेशसभाका उम्मेदवारसमेत थिए ।विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। उनको निमोनियाका कारण निधन भएको बताइएको छ।उनको काठमाडौंस्थित ह्याम्स अस्पताल २२ दिन उपचार गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे